News Technology देश

फेसवुक नियन्त्रण गर्न निर्देशिका वनाउँदै सरकार

फेसवुक नियन्त्रण गर्न निर्देशिका वनाउँदै सरकार

फेसवुक, युट्युव लगायतका सामाजिक सञ्जालमा देखिएको विक्रिति रोक्न सरकारले ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका’ ल्याउने तयारी गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा देखिएको छाडा एवम् उत्तेजक प्रवृत्तिलाई नियमन गर्न निर्देशिका ल्याउन लागेको गुरुङले बताए ।

अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको नाममा हुने लोकतान्त्रिक शासन पद्धतीमाथिको प्रहार, हिंसा फैलाउने र देशलाई मुठभेडतर्फ धकेल्ने अभिव्यक्तिबाट भइरहेको विकृति रोक्न सरकारले यस्तो कदम चाल्न लागेको उनको तर्क छ।

‘स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ता नभएका फेसबुक, युट्युब, अनलाइनमा आएको विकृती रोक्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारी गरिरहेको जानकारी गराउँछौं। जसले समाजलाई अराजकता, विकृति विसङ्गगती र अराजक सञ्चारकर्मीलाई सचेत गराउँदै नियमन गर्छ’– मन्त्री गुरुङले भने। 

विशेष