News राजनीति

केपी ओली समुहको युवा संघमा भाँडभैलो !

केपी ओली समुहको युवा संघमा भाँडभैलो !

नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ (केपी ओली समूह)को अध्यक्षमा बचनबहादुर सिंह चयन भएपछि भाँडभैलो सुरु भएको छ ।

तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ प्रचण्ड–माधव पक्षमा लागेपछि उनलाई हटाएर ओली पक्षले सिंहलाई अध्यक्ष चयन गरेको थियो।

संयोजक दीपशिखा प्रचण्ड–माधब समुहमा लागेपछि उप संयोजक रमेश पौडेल स्वभाबिक रूपमा संयोजकको लाईनमा थिए । तर, नेकपा नेता तथा युवा संघ इन्चार्ज महेश बस्नेतको चेपुवामा परेर उनी नेतृत्व छोड़न बाध्य भएका छन् ।

संयोजक पदमा रमेश र वचन दुवै दाबेदार थिए । तर, वस्नेतको घेराबन्दीमा परेपछि रमेश नत आफु संयोजक वने न त आफुले चाहेका किरण पौडेललाई नै बनाउन सके। बस्नेतले सिंहलाई संयोजक प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले त्यसैलाई पारित गर्यो । अन्ततः महेश बस्नेतकै रोजाईका बचन सिंह संयोजक तोकीए ।

बचन बहादुर आगामी जेठमा ४० वर्ष पुग्ने भएकाले उनलाई नै अध्यक्ष वनाईएको जनाईएको छ । वस्नेतको घेरावन्दी सुरु भएपछि गृहमन्त्री तथा नेता रामवहादुर थापा बादल समुहले भने कार्यक्रम नै वहिस्कार गरेको छ ।

हुन त महेश वस्नेको घेरावन्दी यो नै पहिलो होईन। महेशका कारण असन्तुष्ट हुने नेताहरुको संख्या पार्टी संगठनभित्र ठुलो छ । उनका कारण संगठनका प्रभाबशाली व्यक्तिहरु या त बाहिरिए या त निस्क्रिय भएर वसेको नेताहरु नै वताउँछन्।

पार्टी मात्र नभएर पारिवारीक सम्वन्धमा पनि उनको पेलाई खपिसक्नुको छैन । दाजुभाइ भनिएका प्रशुराम बस्नेत र महेशकाबीचमा यदुबंशी लडाइ रहेको उनीहरुको सम्वन्ध वुझेकाहरु वताउँछन्।

महेशकै कारण आफ्नो घरबार बिग्रेको पर्शुरामले आरोप लगाउने गरेको उनीहरुको भनाई छ ।

विशेष