कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्त
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशको जिम्मेवारीमा रहेका साक्यलाई वरिष्ठका आधारमा नियुक्त गरिएको हो ।
प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङमा काजमा खटिएका शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाएर निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
पछिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर भदौ ३१ गते प्राधिकरणबाट बिदा भएका थियो । खाली रहेको उक्त पदमा साक्य नियुक्त भएका हुन ।