पार्टीको आधिकारिकता दावी गर्न प्रधानमन्त्री निर्वाचन आयोगमा
आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्।
प्रधानमन्त्री ओलीसँगै महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत नेता पछि आयोग पुगेका छन्।
प्रधानमन्त्री ओलीले गत पुस ५ मा संसद् विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ। ओली समूह र प्रचण्ड–माधव गरी दुई समूह विभाजन भएका उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।
प्रचण्ड–माधव समुहले यस अघि आफुहरु नेतृत्वको पार्टी आधिकारीक भएको दावी गरीसकेको छ ।