News राजनीति

प्रचण्डको चेतावनी– संसद पुनर्स्थापना नभए त्यसलाई सहज रुपमा लिदैंनौं

प्रचण्डको चेतावनी– संसद पुनर्स्थापना नभए त्यसलाई सहज रुपमा लिदैंनौं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सडक संघर्ष गरिरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापना नभए सहज रुपमा नलिने चेतावी दिएका छन् ।

काठमाण्डूस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग मङ्गलवार कुरा गर्दै दाहाल प्रचण्ड र माधवकुमार नेपालले आन्दोलनबारे चर्चा गरेका थिए। संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालतले संसद पुनर्स्र्थापना गर्ने उनीहरुले विश्वास ब्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी बैशाखमा नयाँ निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

त्यस लगत्तैदेखि प्रधामन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता निकायमा सेटिङ्ग गरेको आरोप समेत लाग्दै आएको छ । 

अध्यक्ष प्रचण्डले भने वारम्वार आफुलाई सेटिङ्गमा भन्दा पनि अदालतप्रति विश्वास रहेको वताउँदै आएका छन् । तर सेटिङकै हिसावले निर्णय भयो भने निकै ठूलो राजनीतिक र नैतिक प्रश्न खडा हुने उनको भनाई छ । दाहालले त्यसलाई सहज रूपमा लिन नसक्ने पनि वताए ।

विशेष