राजेन्द्र महतोले प्रचण्डलाई भने– हाम्रा माग पुरा गर्ने सर्तमा मात्रै सत्ता सहकार्य
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफनो पार्टीको माग पुरा गर्ने सर्तमा मात्रै सत्ता सहकार्य गर्ने वताएका छन् ।
महतोले रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेश÷थारूहट आन्दोलनका मुद्दाहरू फिर्ता, संविधान संशोधन लगायतका सवालमा जस्ले सहयोग गर्छ उसैलाई समर्थन गर्ने वताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीबीच भएको पछिल्लो राजनीतिक अवस्थाबारेको छलफलपछि महतोले यस्तो वताएका हुन ।
प्रचण्डले सरकार वनाउन सहयोग मागेपछि आफुहरुले त्यस्तो वताएको महताले वताए। ‘प्रचण्डजीले हामीलाई सहयोग गर्नुप¥यो भन्नुभयो। हामीले हामी सधै अरूलाई मात्रै सहयोग गरिरहने, हाम्रा मुद्दा र माग चै कसैले पुरा नगर्ने के हामी सहयोग गर्नका लागि मात्रै जन्मिएका हौर भनेर जवाफ दियौं’–उनले भने ।
महतोले आफ्ना मागहरु जसले पुरा गर्छ, उसैलाई समर्थन गर्नेसमेत बताउदै भने–‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन? फेरि गर्ने? त्यसैको लागि जन्मिया हामी?’
शासक, सम्भ्रान्तहरुलाई सित्तैमा समर्थन गर्न मात्रै आफुहरु नजन्मिएको प्रष्ट पारेका उनले ‘आफुहरुका मागहरु पुरा गरे हुन्छ नत्र हुँदैन’ भन्दै प्रतिक्रिया दिए । ‘हामीले भन्दै आएका मागहरु जसले पुरा गर्छ त्यसप्रति सहानुभूति हुन्छ हाम्रो। रेशम चौधरी लगायतका मुद्दा फिर्ता, मधेश÷थरूहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सवालहरु आजको होइन नि, यो त पटक पटक राखेकै हो नि केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त। ठग्ने बाहेक केहि काम गरेको छ केपी ओलीले? काम गरेर देखाउनुप¥यो हामी साथ दिन्छौं।’
दाहालले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समिकरणको प्रयास अगाडि बढेका छन् ।