News राजनीति

‘भस्मासुर’ प्रवृत्तिले राज्यका सबै अंग कब्जा गरी लोकतन्त्रको जग भत्काउने प्रयासः वावुराम

‘भस्मासुर’ प्रवृत्तिले राज्यका सबै अंग कब्जा गरी लोकतन्त्रको जग भत्काउने प्रयासः वावुराम

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ‘संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर संसद् विघटन गर्ने दुस्साहसपूर्ण कदम चालिएको भन्दै तत्कालका लागि ठूलो दुर्घटनाबाट बचे जस्तो भएपनि दुर्घटना टरिनसकेको वताएका छन् ।

वुधवार गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित हिमालय माविको भवन उद्घाटन गर्दै भट्टराईले भने–‘संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर संसद् विघटन गर्ने जुन दुस्साहसपूर्ण कदम चालियो, तत्कालका लागि अदालतबाट पुनःस्थापना भएको छ। ठूलो दुर्घटनाबाट बचे जस्तो भएको छ तर दुर्घटना अझै सिद्धिसकेको छैन ।’

सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापना भए पनि संकट टरिनसकेको उनको भनाई थियो । ‘भस्मासुर’ प्रवृत्तिले राज्यका सबै अंग कब्जा गरी लोकतन्त्रको जग भत्काउने प्रयास गरिएको उनको आरोप छ । ‘यो प्रवृत्ति अझै पराजित भएको छैन, यस्तो प्रवृत्तिलाई पराजित गर्न हामीले राजनीतिक दलबीच गम्भीर परामर्श गरिरहेका छौं,’ उनले भने ।
 

विशेष