News राजनीति

देशभित्र र बाहिरका प्रतिक्रियावादीको ध्यान माओवादी आन्दोलनका उपलब्धि चकनाचुर पार्नेतिर केन्द्रितः प्रचण्ड

देशभित्र र बाहिरका प्रतिक्रियावादीको ध्यान माओवादी आन्दोलनका उपलब्धि चकनाचुर पार्नेतिर केन्द्रितः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुको ध्यान माओवादी आन्दोलनका उपलब्धि र नेतृत्वलाई चकनाचुर पार्नेतिर रहेको वताएका छन् ।

काठमाण्डौमा बिहीबार आयोजित भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा वोल्दै उनले आफूलाई कसरी निषेध पार्ने भन्नेमा सबैको ध्यान रहेको बताए।


पहिलेका उपलब्धिलाई नबिर्सिन आग्रह गरेका उनले पहिलोपटक आफू प्रधानमन्त्री हुँदा जनयुद्धकालका सबै सहिदहरुलाई राष्ट्रिय सहिद बनाएको तर कार्यान्वयन नभएको गुनासो गरे । ‘म पहिलोपल्ट प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेँ । तर, त्यसलाई राज्यले दबाइदियो । तपाईंहरु किन बोल्नुहुन्न ?’– उनले प्रश्न गरे।

माओवादी केन्द्र राष्ट्रिय सहिद

विशेष