News राजनीति

हाम्रा माग पुरा भएपछि मात्रै सत्ता समिकरणको कुरा हुन्छः महन्थ ठाकुर

हाम्रा माग पुरा भएपछि मात्रै सत्ता समिकरणको कुरा हुन्छः महन्थ ठाकुर

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरूका नेता÷कार्यकर्ताको मुद्दा फिर्ता तथा जेलमा रहेका नेताहरूको रिहाइ गर्ने माग पूरा भए मात्रै सत्ता समीकरणको विषयमा छलफल गर्ने बताएका छन् ।

बिहीबार जसपा, नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले यस्तो वताएका हुन् ।

तथापी कांग्रेस, एमाले, माओवादी सवैसँग छलफल भने जारी रहने उनले वताए । बिहीबार साँझ आफुलगायत नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईले यस विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेको पनि उनले जानकारी दिए।

‘हाम्रा एजेण्डाहरू जेलमा रहेका सांसदहरु छुटाउनुपर्ने, प्रदेशका मन्त्रीहरूमाथि लगाइएका झुट्टा मुद्दा फिर्ता लिएर उनीहरूको रिहाइको विषयमा, मुद्दा फिर्ताको विषयमा कुरा गर्नेछौँ’ उनले भने–‘सत्ता समीकरणको विषयमा हामीले केही कुरा गर्ने होइन। हाम्रो एजेण्डा जुन छ एजेण्डा पूरा भएपछि मात्रै हामी सत्ता समीकरणबारे सोचौँला।’

यस विषयमा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिए।
 

विशेष