News राजनीति

प्रचण्ड–माधवलाई ओलीको चुनौति : दलको वैठक वोलाईदिन्छु, नेता फेरेर देखाउनोस्

प्रचण्ड–माधवलाई ओलीको चुनौति : दलको वैठक वोलाईदिन्छु, नेता फेरेर देखाउनोस्

नेकपाको ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदिय दलको नेता फेरेर देखाउन प्रचण्ड र माधव नेपाललाई चुनौति दिएका छन् । उनले ‘दलको बैठक बोलाइदिन्छु, नेता फेरेर देखाउनोस’ भन्दै दाहाल–नेपाललाई चुनौती दिए ।

पोखरामा आफूनिकट कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले भने–‘दलको नेता फेर्नुहोस् न विधिवत् रूपमा । दलको बैठक बोलाइदिन्छु आउनुहोस् ।’ प्रधानमन्त्री ओलीले आफैं–आफैँ अध्यक्ष र दलको नेता छानिएँ भनेर लड्डु खाँदै र माला लगाउँदै हिँडेको भन्दै प्रचण्ड–माधव समूहका नेताप्रति व्यङ्ग्य गरेका छन् । ‘बाटोमा, माइतीघर मण्डलामा, ब्याङ्क्वेटमा अध्यक्ष भएँ भनेर र कतै दलको नेता छानिएँ भनेर यिनीहरू त आफैँ लड्डु खान्छन्, आफैँ अबिर लाउँछन्, आफैँ माला लाउँछन’, उनले भने, ’अरूले केही गर्नु पर्दैन, आफैँ गर्छन् ।’

दाहाल–नेपालले केन्द्रिय कमिटिमा आफुहरुको वहुमत छ भन्दै हिडेकोमा पनि आपत्ति जनाए । ‘उहाँहरूले भन्नुभयो हामीसँग केन्द्रीय कमिटीको बहुमत छ भनेर । कहाँ पुष्टि भयो त पुष्टि भएको छैन । त्यो बहुमत होइन । कार्की ब्याङ्क्वेटमा कसैलाई भोज खान बोलाएर, भोज खान आएका जति मानिसलाई गनेर मसँग एकता छ, यति मानिस छन् भनेर बहुमत हुन्छ ?’ उनले भने–‘पार्टीको कमिटीमा आउनुपर्यो, पार्टीको अध्यक्ष महासचिवले बोलाएको बेठडकमा आउनुप¥यो, दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो ।’

प्रचण्ड–माधव नेपाल समूह केन्द्रीय कमिटी बैठकबाट भागेर हिँडेको पनि ओलीले आरोप लगाए । 
 

नेकपा प्रधानमन्त्री केपी शर्मा ओली

विशेष