News राजनीति

अदालतले मुद्दा हराएको झोंकमा ओलीले जथाभावी वोल्न थाले : प्रचण्ड

अदालतले मुद्दा हराएको झोंकमा ओलीले जथाभावी वोल्न थाले : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले मुद्दा हराएको झोंकमा केपी ओली जे पायो त्यहि भन्दै हिँडेको आरोप लगाएका छन् ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलाले ओली समूहलाई नराम्ररी पछारिदिएको र हारको झोंकमा जथाभावी वोल्न थालेको उनको आरोप छ । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले लाज मान्नुपर्नेमा उल्टै बलियो भएँ भन्दै हिँडेकोमा प्रचण्डले आश्चर्य व्यक्त गरे।

काठमाण्डौमा भएको पार्टी निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता कार्यक्रममा प्रचण्डले आधिकारिक नेकपा र सूर्य चिन्ह आफूहरुले पाउने पक्का भएको दाबी गरे । 


निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिक नेकपा पार्टी र सूर्य चिन्ह दिने पक्का भइसकेको खबर आफूले पाएको उनको दावी छ । 

संविधान, राजनीतिक दल सम्बन्धी ऐन र अन्य  प्रावधानका आधारमा आफूहरु नै आधिकारिक भएको कुरा निर्वाचन आयोगले पुष्टि गर्न लागेको प्रचण्डले दावी गरे । प्रधानमन्त्री ओलीले अदालतमा सेटिङ गर्न खोजे पनि उनको षड्यन्त्र सर्वोच्चले असफल बनाइदिएको र निर्वाचन आयोगले पनि ओलीको सेटिङलाई भत्काइदिने प्रचण्डको जिकिर छ ।

सर्वोच्चको फैसला नेकपा र सूर्य चिन्ह

विशेष