खनाल–नेपाल पक्षीय स्थायी कमिटीका नेताको छलफल, यस्तो छ रणनीति
सर्वोच्च अदालतको पछिल्लो फैसलाले एमाले–माओवादी साविककै अवस्थामा फर्किएपछि नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी छ ।
विहिवार दिउँसो १२ बजेपछि नयाँबानेश्वरस्थित एक होटेलमा नेताहरुको छलफल भइरहेको जनाईएको छ। खनाल–नेपाल पक्षले बुधबार स्थायी कमिटी सदस्यहरुको भेला पनि गरेको थियो ।
वैठकमा खनाल–नेपाल पक्षमा स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे र पदेन सदस्य अमृतकुमार बोहोरा छन् ।
समसामयिक विषयमा छलफल र आगामी रणनीति तय गर्न नेताहरुले छलफल थालेको एक नेताले जानकारी दिए ।