News राजनीति

सत्ता समिकरणको तालमेल मिलाउन जसपाका शिर्ष नेताहरु वैठकमा

सत्ता समिकरणको तालमेल मिलाउन जसपाका शिर्ष नेताहरु वैठकमा

सत्ता समिकरणको तालमेल मिलाउन जनता समाजवादी पार्टीका शिर्ष नेताहरुको वैठक सुरु भएको छ । सरकार बनाउन समिकरणको तानातानमा परेको पार्टीको आधिकारिक धारणा तय गर्न नेताहरुको बैठक राखिएको हो ।

सर्वाेच्च अदालतको फैसलाका कारण नेकपा एमाले र माओवादी केन्द्र फरक फरक पार्टी वनेपछि प्रतिनिधि सभामा अंकगणितको खेल सुरु भएको छ । त्यसको लागि जसपा अहिले निर्णायक देखिएको छ । त्यसैले खेको छ । शीर्ष नेताहरुको यो बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो सहभागी रहेको नेता केशव झाले जानकारी दिए ।

मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले पार्टीको मुद्दा सम्बोधन गर्नेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग जसपाका शीर्ष नेताहरुले भेट गरेका थिए । ठाकुरको टोलीले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेको छ । 

तर, जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले सरकारी पक्षसँग एकलौटी छलफल गरेको भनेर पार्टीभित्र आलोचना भएको छ । शीर्ष नेताको यो बैठकले रेशम चौधरीमाथिको मुद्दा खारेज गरेर रिहाइ गर्नुपर्ने, संविधान संसोधन गर्नुपर्ने, तत्कालिन मधेश आन्दोलनमा होमिएकाहरुमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने मागलाई साझा एजेण्डाकारुपमा उठाउने अनुमान गरिएको छ ।

सत्ता समिकरण जसपा

विशेष