News राजनीति

संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन : उपम्रधानमन्त्री पोखरेल

संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन : उपम्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।  उनले भने– “निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।” 

प्रेस सेन्टर पर्साद्वारा विहिवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ भने।। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे  । उनले दलको नामबारे  अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुर्याए पनि  पार्टीबीचको एकता र  पार्टीका नेताकार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ एमाले अगाडि बढेको जानकारी दिए। 

उनले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितिको चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । उनले ठेक्का सकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको  अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गरिनेपनि जानकारी दिए।
(रासस)

निर्वाचन संसदमा देखिएका बेथिति

विशेष