News राजनीति

कार्यकर्तालाई प्रचण्डको निर्देशन- हाम्रा गतिविधिले माधवजीहरुलाई पिन्च नहोस्

कार्यकर्तालाई प्रचण्डको निर्देशन- हाम्रा गतिविधिले माधवजीहरुलाई पिन्च नहोस्

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल पक्षको एमालेलाई अप्ठ्यारो पर्ने वा पिन्च हुने किसिमका गतिविधि नगर्न निर्देशन दिएका छन् ।  

बुटवलमा शुक्रवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । प्रचण्डले अवको एमाले पहिलेको अवस्थामा नरहने र माधव नेपाल र झलनाथहरुले त्यहाँ भित्र विद्रोह गर्ने संकेत गर्दै उनीहरुलाई पिन्च हुने किसिमका गतिविधि नगर्न निर्देशन दिए । 

‘माधवजीसँग नजिक भएका मानिसहरुलाई तानेर हामीभित्र घुसाई हाल्छु भन्नेतिर नलाग्नु होला। किन भने अहिले त्यसो गर्नु आवश्यक छैन । स्वयम् माधवजी,  झलनाजीहरुसँग हाम्रो सहकार्य गरिराख्ने, वहाँहरुले त्यहाँ भित्र गएर संघर्ष गर्ने, फेरी एकताको प्रस्ताव गर्ने र फेरी एकतातिर नै हामी जानुपर्छ भन्ने छ’ उनले कार्यकर्तालाई निर्देशन दिदै भनेका छन्–‘अझ खास गरी पुस ५ गते देखि, संसद विघटनको प्रस्ताव राखिसकेपछि माधवजी र हाम्रो विचमा जस्तो वैचारीक, राजनीतिक, भावनात्मक सम्वन्ध भयो। त्यो धेरै माथि पुग्दै थियो ।’

माधव नेपालहरुसँग फेरी पनि एकताको प्रयास गर्ने विषयमा सहमति भएको प्रचण्डले जानकारी दिएका छन् । ‘पुर्व एमालेसँग सम्वन्धित जिम्मेवार कमरेडहरु हामी फेरी एमालेमा जान्नौ भन्नु भयो भनेपनि तपाईहरुले एक पटक हेड क्वाटरसँग सम्पर्क गरेर मात्रै के गर्ने भनेर टुङ्ग्याउनु होला। आफै नटुङ्ग्याउनु होला। म यो भन्न चाहान्छु’ उनले भनेका छन्– ‘किनकी कुनै पनि जिल्लाका हाम्रा गतिविधिले माथि केन्द्रमा माधवजीहरुलाई पिन्च नहोस, त्यसको ठुलो अर्थ छ । त्यो एमाले अव त्यहि रुपमा एक रहने स्थिती नै छैन ।’

संसद विघटन गर्ने केपी ओलीको कदम आफुहरुले असफल पारेको र त्यो लडाई जितेको वताएका उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु चलायमान रहेको र षडयन्त्र जारी रहेकाले रिल्याक्स गर्ने र हाम्रो काम पुरा भयो भन्ने हिसावले वस्ने अवस्था नरहेको वताए ।

अहिले पनि हाईली एलर्ट अवस्थामा वस्नु पर्ने अवस्था रहेको रहेको उनको भनाई छ । 

संसद विघटन प्रचण्ड नेकपा (माओवादी केन्द्र) प्रतिक्रियावादी शक्ति

विशेष