News राजनीति

ओलीको एक्सनः विदेश विभाग प्रमुखको जिम्मेवारी माधववाट खोसेर राजन भट्टराईलाई

ओलीको एक्सनः विदेश विभाग प्रमुखको जिम्मेवारी माधववाट खोसेर राजन भट्टराईलाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश विभाग प्रमुख रहेका माधव नेपालको जिम्मेवारी खोसेका छन् ।

शुक्रबार बसेको ओली पक्षिय केन्द्रीय कमिटीको अनौपचारिक बैठकले नेपालको जिम्मेवारी खोसेर उक्त जिम्मेवारी राजन भट्टराईलाई दिएको छ । यसैगरी माधव नेपाल पक्षका अन्य नेताहरुलाई पनि जिम्मेवारी मुक्त गरिएको छ ।

सातै प्रदेशका इन्चार्जमा केपी ओली पक्षका नेता जिम्मेवारीमा पुगेका छन् भने अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी हटाइएको छ। पदाधिकारीमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको बहुमत थियो।

यस्तै पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली भएका छन् ।

यसैगरी नेकपा एमालेको केन्द्रीय सदस्यमा गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ माओवादी नेता थपिएका छन । निर्णय अनुसार माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसंगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज वनाईएको छ । 

विशेष