प्रधानमन्त्री ओलीसँग सहकार्य होईन, हटाउन चाहेका छौंः उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य भन्दा पनि उनलाई हटाउन चाहेको वताएका छन् ।
संसदीय दलको बैठकपछि शुक्रवार सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताए । उनले भने–‘ओलीसँग सहकार्य होईन, हटाउन चाहेको हो।’
अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको पार्टी एमालेबाहेक अरुसँग सहकार्य हुने सक्ने बताउँदै ओलीको राजीनामा पनि मागे।
जसपाका नेता राजकिशोर यादवले भने आफनो पार्टीको संसदीय दलको बैठकमा सरकारको नेतृत्व गर्नुपर्ने आवाज उठेको वताउँदै अब सत्ता सहकार्य गर्नु परे कसैको भरिया नबन्ने वताए। जसपाले अव नेतृत्व नै दावी गर्ने उनको भनाई थियो ।
जसपा ओलीसँग सहकार्य