News

वालवालिकासँग प्रदेश प्रमुखः एक कक्षाका विद्यार्थीसँग प्रश्नोत्तर

वीरेन्द्र रमण

वालवालिकासँग प्रदेश प्रमुखः एक कक्षाका विद्यार्थीसँग प्रश्नोत्तर

 जनकपुर– प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) मा शिक्षा प्रतिको लगाव देखिएको छ। उनले शुक्रवार जनकपुरका पुराना मध्येको पनि एक सरसस्वती माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीलाई पढाएका छन ।

दिउँसो करिव १२ बजे विद्यालय पुगेका झाले कक्षा १ का वालवालिकासँग प्रश्नोत्तर गर्दै उनीहरुलाई पढाए । विद्यार्थीहरुले पनि उत्साह पुर्वक प्रदेश प्रमुखका प्रश्नको उत्तर दिए ।

अचानक विद्यालयमा पुगेका झाले आफुले वालवालिकासँग केहि समय बिताउन चाहेको वताए । विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले प्रदेश प्रमुखले ब्यक्त गरेको इच्छा संचारकर्मीहरुलाई जानकारी दिदै विद्यालयले उनको आग्रहलाई स्विकार गरेको वताए ।

आफुहरुले विद्यालयको भौतिक अवस्थाको बारेमा समेत प्रदेश प्रमुखलाई जानकारी गराएको उनले बताए । 

जनकपुरधाम उपमहानगरपालिका– ९ मा रहेको यो विद्यालय देशकै पाका विद्यालय मध्येमा एक हो। अहिले यसको भौतिक अवस्था जिर्ण छ । विषेश गरेर विद्यालयमा सबै भन्दा बढि समस्या शौचालयको छ । शौचालय बनाउनका लागि सहयोगको व्यवस्था कतैबाट गरिन दिन प्रदेश प्रमुख झालाई आग्रह गरेको प्रअ मण्डलले वताए ।

०७२ सालको विनाशकारी महाभुकम्प पछि विद्यालयको मुख्य भवन प्रयोग विहिन भएको छ । ३ विगाह १९ कठ्ठा क्षेत्रफलमा रहेको विद्यालयमा २०७०/०७१ तथा ०७३/०७४ मा नयाँ भवन बनाइए पनि पुरानो एतिहाँसिक भवन पुनःनिर्माणमा कसैको ध्यान नगएको प्रअ मण्डलले वताए ।

००४ सालमा स्थापना भएर कक्षा १२ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा हाल ८ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । 

यस विद्यालयमा देशका प्रथम राष्ट्रपती डा. रामवरण यादव, वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विमलेन्द्र निधी, पुर्व गर्भनर सत्य प्यारा श्रेष्ठ र केयुका उपकुलपति सुरेशराज शर्मा जस्ता ब्यक्तिहरुले अध्ययन गरेको पनि उनले जानकारी दिए ।
 
प्रदेश प्रमुखले प्रदेश सरकारका तर्फवाट भएका कामको पनि जानकारी लिएका थिए । प्रअ मण्डलले हालसम्म कुनै काम नभएको वताए ।

विशेष