News राजनीति

जसपासँगको भेटघाट पुर्व देउवाले वोलाए पदाधिकारी वैठक

जसपासँगको भेटघाट पुर्व देउवाले वोलाए पदाधिकारी वैठक

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। शुक्रबार अपरान्ह ३ बजेतिर पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएको हो।

आजै अपरान्ह ४ बजेतिर आयोजित जनता समाजवादी पार्टी नेपालसँगको छलफलको पुर्व तयारीका रुपमा पदाधिकारी वैठक वोलाईएको जनाईएको छ । साथै पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको कांग्रेसले जनाएको छ।

जसपा नेता र सभापति देउवालगायतबीच बुढानिलकण्ठमै छलफल हुने भएको छ। यसअघि बिहीबार जसपाका नेताले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए। संसदमा तत्कालीन एमालेका १२० सांसद मात्रै भएकाले जसपाको सहयोग लिइ सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओलीले जसपासँगको छलफल अघि बढाएका हुन् । संसदमा जसपाको ३४ सिट छ ।


अपराह्न ४ बने राजपासँग हुने भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनकाअनुसार कांग्रेसले जसपाका नेताहरुसँग भेट्नुअघि पदाधिकारी बैठक बोलाएको छ।

बिहीबार साँझ जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दल एमालेका नेताहरुसँग भेटवार्ता गरेका थिए। नयाँ सरकारमा निर्माणमा निर्णायक रहेको जसपाले भेटघाटलाई तीव्र पारेको छ। जसपाका नेताहरुले आफूहरुका माग सम्बोधन भएमात्र सरकारमा जाने बताउँदै आएका छन्।
 

विशेष