News राजनीति

जितेन्द्र सोनल भन्छन्– जसपा फुट्दैन, राजपा सरकारमा पनि जाँदैन 

जितेन्द्र सोनल भन्छन्– जसपा फुट्दैन, राजपा सरकारमा पनि जाँदैन 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन गरेको अथक प्रयासको पहिलो स्टेप जसपाको पूर्वराजपा समूहलाई चोइटाएर सरकारमा सामेल गराउने हो ।त्यहि क्रममा यसबीच बालुवाटार र उक्त समूहका नेता महन्थ ठाकुरसहितको टोलीसँग घनिभूत छलफल भएको छ ।

यसअघि प्रधानमन्त्री निकट अन्य नेताहरूसँग छलफल गरेको उक्त समूहले बिहीबार दिउँसो र शुक्रवार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भेटेर आफ्नो कुरा राखेको हो ।

यता नियमित भएको सरकार र पूर्वराजपाबीचको भेटघाटले केन्द्रको सत्ता समीकरणमा आउने फेरबदलसँगै २ नम्बर प्रदेशमा समेत असर पर्ने ठानिएको छ । तर,कतिपयले केन्द्रको असर प्रदेशमा नपर्ने बताएका छन् ।

पूर्व राजपा समूहको कारण संघीय सत्ता समीकरणमा चेञ्ज भयो भने तपाईंको प्रदेश सरकारमा असर पर्छ कि पर्दैन ? भनेर सोधिएको जिज्ञासामा २ नम्बर प्रदेशका भौतिक योजना मन्त्री जितेन्द्र सोनलले भने ‘पहिले त माथिको सत्ता समीकरण नै हुँदैन । त्यति महत्वपूर्ण काम यति हतारमा हुँदै हुँदैन । त्यसमा व्यापक छलफल गर्न बाँकी नै छ । अहिले विषय प्रवेश नै भएको छैन ।’

सोनलको दृढ विश्वास छ ‘माथि पनि फुट्दैन,त्यहाँ नफुटेपछि तल असर पर्ने कुरै भएन ।’ २ नम्बर प्रदेशका भौतिक योजना मन्त्री सोनल पार्टी एक हुनुअघि राजपाको महासचिव र त्यसअघि तमलोपाको महासचिव थिए।
–जनआस्था
 

विशेष