ओलीको घुमाइमा इश्वर र वामदेव, कम्रेडहरु कहिलेसम्म घुमाइमा पर्ने ?
पछिल्ला राजनीतिक घटनाक्रमले प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चतुर खेलाडिका रुपमा स्थापित छन् । आफुमाथी आईलाग्ने जस्तासुकै संकट टार्न माहिर नेता मध्ये एक हुन्–ओली। उखान टुक्का प्रयोग गर्ने, नेताहरुलाई आफनो पक्षमा पार्न फकाउने तथा कुनै सुत्रले काम नगरे धम्क्याउनेसम्मको काम गर्न पनि पछि पर्दैनन्– उनी।
फकाउने, गलाउने र त्यसले पनि काम नगरे पद र प्रतिष्ठाको लोभ देखाएर तह लगाउने उनको रणनीति निकै लामो समयदेखि चल्दै आएको छ । तर, कहिले काहिँ भने उनका यि सारा सुत्र फेल हुन्छन र नराम्ररी समस्यामा पर्छन । त्यसको पछिल्लो उदाहरण हो– प्रतिनिधि सभा विघटनको असफल प्रयास। चौतर्फी घेरावन्दीमा परेपछि विकल्प तयार नभएरै उनले पुस ५ गते प्रतिनिधि सभा विघटन गराएको नेताहरुको वुझाई छ । तर सर्वोच्च अदालतको संवैधानीक इजलासले उनको यो कदमलाई असंवैधानीक ठहर गर्दै फागुन ११ गते संसद पुनःस्थापना गरिदियो । अन्यथा ओलीका अधिकांश काम रणनीतिक रुपमा सफल रहेको उनीहरु वताउँछन् ।
पटक–पटक आस्वासन वाँड्ने तर कार्यान्वन गर्ने वेलामा नयाँ–नयाँ तिगडम झिक्ने उनको स्वभावका कारण नेताहरु आजित छन् । पुस्पकमल दाहाल प्रचण्ड देखि माधव नेपाल, वामदेव गौतम, इश्वर पोखरेललगायत कुनै पनि नेतालाई ओलीले झुक्याउन वाँकी राखेका छैनन्।
ओलीले स्वास्थ्य अवस्था कमजोर भएको र उत्तरधिकारी बनाउने भन्दै इश्वर पोखरेललाई फकाए। माओवादी केन्द्र र एमाले अनअपेक्षित तरिकाले एकीकरण हुने भयो। तत्कालिन अवस्थामा पोखरेल एमाले महासचिव थिए। पदिय रुपमा आफु कमजोर हुने अनुमान लगाएका उनको पार्टी एकिकरण गर्ने चाहाना थिएन । उनको चाहना भनेको केपी शर्मा ओलीको विरासत सम्हाल्ने र उत्तराधिकारी हुने थियो ।
माधबकुमार नेपाल महासचिव हुँदा पनि पोखेरले उनीसँग काम गरेका थिए। झलनाथ खनालसँग पनि उनले काम गरे। जहिले पनि उनी पार्टीमा शक्तिशाली रहे। ओली अध्यक्ष हुँदा पनि उनी शक्तिशाली महासचिब थिए।
प्रचण्ड र ओलीले इस्वरको यो चाहना बुझेका थिए। त्यही भएर एकीकरणको समयमा उनले महासचिव पद गुमाए। सरकारमा भने उनलाइ सामेल गरियो । सरकारमा सामेल भएपछि केही राहत महसुस गरेपनि उनलाई अपमानित गर्दै रक्षामन्त्री बनाइयो। गृहको अपेक्षा गरेका पोखरेलले माओवादीका कारण त्यो मन्त्रालय गुमाए। माओवादीको भागमा परेकाले गृह मन्त्रालय गुम्यो। त्यसपछि उनले अर्थमन्त्रीको चाहाना राखे त्यो पनि ओलीले उनलाई दिन चाहेनन्। अन्ततः उनी रक्षामै थन्किए।
ओलीले पछि उनलाई रक्षाबाट फेरि अपमानजनक तरिकाले प्रधानमन्त्रीको कार्यलयामा थन्क्याए। ‘इस्वरलाई शक्तिशाली वन्न नदिनु नै ओलीको चाहाना हो। ओलीका नजरमा इश्वर अवसरबादी नेता हुन्’ उनी निकट एक नेता भन्छन्– ‘पोखरेलले कुनै बेला धोका दिन सक्छन भन्ने ओलीको वुझाई छ। अबसरका निम्ति मात्र पोखरेल आफनो कित्तामा रहेको ओलीले वुझेका छन्।’
पार्टी संगठनमा इस्वरको राम्रो पहुँच छ। शक्तिशाली महासचिवलाई यति साह्रो अपमान गर्दा नैतिकताको आधारमा पद त्याग गर्छन भनेर ओलीले अपमान गरिरहे । ‘ओलीले आफ्नो उत्तराधिकारी शंकर पोखरेललाई बनाउन खोजेका छन। तर अझै बिरासत पाइएला कि भनेर अहिलेसम्म अपमान सहेरै पनि पोखरेल ओली क्याम्पमा बसेका छन।’ ति नेता भन्छन्–‘शंकर पोखरेल र ओलीको पुरानो सम्बन्ध छ। शंकर मदन भण्डारीको सिद्धान्त ‘जनताको वहुदलिय जनवाद’ का व्याख्याता र अध्ययनशिल नेता हुन् ।’
अर्कोतर्फ वामदेवको हालत पनि उस्तै। ओलीले विष्णु पौडेल मार्फत वामदेवलाई प्रधानमन्त्री बनाउने आश्वासन दिए। तर, प्रतिनिधि सभा निर्वाचनमा भने गौतमलाई हराउन ओलीले नै भुमिका खेलेको आरोप लाग्ने गरेको छ । सांसद नै नभएको ब्यक्ति प्रधानमन्त्री वन्न नसक्ने र आस्वासन दिएपछि सरक्क फकाउन पनि सकिने सहज पात्रका रुपमा ओलीले गौतमलाई प्रयोग गरे ।
उनलाई रास्ट्रिय सभा सदस्यमा मनोनयन गर्न पनि ओलीले आनाकानी गरे। तर, प्रिय पात्र भनेर चिनिएका डा। युबराज खतिवडालाई भने उनले चेपेको चेपै गरे। अप्ठ्यारो अवस्था आएपछि वाध्य भएर गौतमलाई राष्ट्रिय सभामा मनोयन त गरे, तर अदालतमार्फत अवरोध पनि उनैले गरेको आरोप लाग्ने गरेको थियो । पछि अदालतले उनलाई राष्ट्रिय सभा सदस्य वन्ने वाटो त खोली दियो। तर, राजनीतिक उतार चढावले उनको स्वार्थ पुरा हुने अवसर प्राप्त भएन। केहि समयपछि नै प्रधानमन्त्री ओलीले संसद विघटन गरिदिएपछि वामदेवको प्रधानमन्त्री वन्ने सपना चकनाचुर भयो।
यसैगरी, ओलीले असार, ०७२ को नवौं महाधिवेशनका वेला झलनाथ खनाललाई पनि रास्ट्रपति बनाउने भनेर प्रभाबमा पारे। यही आस्वासनका कारण उनी माधव नेपाल र केपी ओली कसैको समुहमा नलागी तठस्थ रहे। यसवेला इश्वर पोखरेल, वामदेव गौतम सवैलाई ओलीले प्रयोग गरे। तर, पछि विद्या भण्डारीलाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि झलनाथ कुँडिएको पार्टी संगनभित्रको वुझाई छ । यति मात्र होईन, संसदिय दलको नेता चयनका वेला पनि वामदेव गौतम र इश्वर पोखरेलाई ओलीले प्रयोग गरे। तर आफुले गुर्न पर्ने कर्तब्य भने पुरा नगरेको नेताहरु वताउँछन् ।
‘मेरो स्वास्थ्य अवस्था कमजोर छ, अवको उत्तराधिकारी तपाईं नै हो’ भन्दै ईश्वर पोखरेल, वामदेव गौतम र पुस्पकमल दाहाल प्रचण्ड तीनै जनाई प्रभावमा राखे। मावध नेपाललाई पनि ओलीले पटक पटक अवको अध्यक्ष तपाई नै हो भन्दै अल्झाए । नेकपा फुटको अवस्थामा पुगेका वेला प्रचण्ड र माधव नेपाललाई छुट्टाछुट्टै वोलाउने र आफुलाई सहयोग गर्न र अध्यक्षको तयारी गर्न भनिरहे । तर, प्रचण्ड र माधव नेपाल एक भएपछि भने उनको दाल गलेन ।
केपी ओलीले आफ्ना नजिकका मानिसलाई मात्र काखि च्याप्ने गरेका छन्, अर्थात आफुलाई चुनौती दिन नसक्ने र हनुमान भएर काम गरिरहने खालका मानिसलाई मात्र उनले आसपासमा राख्ने गरेका छन् । अरुलाई त आश्वासन दिएर झुलाई रहने ओली प्रवृत्ति भएको नेताहरु वताउँछन् ।
ओलीले आश्वासन दिएर वचन पुरा नगर्दा न त बामदेबले प्रधानन्त्री पाए न त इस्वरले ओलीको विरासत पाए। ओलीको झुठा आश्वासनका कारण उत्पन्न पछिल्लो राजनीतिक अवस्था र प्रचण्ड–माधव नेपालले भोगेको दुरावस्थाको विषय त जगजाहेर छ । अव प्रश्न आउँछ– ‘कम्रेडहरु कहिले सम्म घुमाइमा पर्ने?’