News

माधव पक्षले चैतमा वोलायो राष्ट्रिय कार्यकर्ता भेला, फुट्छ त एमाले ?

माधव पक्षले चैतमा वोलायो राष्ट्रिय कार्यकर्ता भेला, फुट्छ त एमाले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ७ गते तत्कालीन नेकपा दुई भागमा विभाजन भयो। एक पक्षको नेतृत्व केपी ओलीले गरे भने र अर्को पक्षको नेतृत्व पुस्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरे ।

समग्रमा हेर्दा नेकपा दुई पक्षमा देखिएपनि वास्तवमा  नेकपा एमाले पनि दुई पक्षमा विभाजन भयो। एकातर्फ ओली र अर्कोतर्फ नेपाल थिए । सर्वोच्च अदालतले ओली र प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता नदिने भन्दै अर्को फैसला सुनाएपछि एमाले र माओवादी एक–एकतर्फ भए। एमाले र माओवादी केन्द्र पुनःस्थापित भए ।

तर, नेकपा एमाले भने पुनः फुटको संघारमा खडा भएको छ । प्रधानमन्त्री एमव् एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा शुक्रबारको विशेष बैठकले गरेका निर्णयका कारण पार्टी फुटन लागेको हो । वैठकले माधव नेपाल पक्षका नेताहरुहरुको जिम्मेवारी खासेर ओली पक्षका नेतालाई दियो। तर, माधव नेपालले त्यो निर्णयलाई अश्वीकार गर्यो । त्यो निर्णयलाई काउण्टर दिन नेपाल पक्षले सात प्रदेशका संयोजक पनि तोक्यो ।

योसँगै सो पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला पनि वोलाएको छ । भेलाबाट नयाँ रणनीति तय गरिने एक नेताले वताए । उनका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, संघीय र प्रदेश सांसदका साथै प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी, सबै स्थानीय तहका प्रमुख उपप्रमुख र जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।

सोही भेलाबाट महत्वपूर्ण निर्णय गरिने नेताहरुको भनाई छ । 

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले प्रतिनिधि सभा विघटन

विशेष