News राजनीति

जनता समाजवादी पार्टी फुटने अवस्था आए को, कता ? [नामावलीसहित]

जनता समाजवादी पार्टी फुटने अवस्था आए को, कता ? [नामावलीसहित]

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन सत्ता समीकरणमा सके जनता समाजवादी सिङ्गै,नसके गत वर्ष वैशाखमा जोडिएको राष्ट्रिय जनता पार्टी (राजपा) को मात्रै साथ रहेमा आगामी एक वर्षको लागि अविश्वास प्रस्तावबाट मुक्ति पाउन नयाँ जुक्ति निकाल्नुभएको छ । त्यहि जुक्तिलाई यथार्थमा परिणत तुल्याउने केही दिनदेखि राजपा र सरकारी टोलीबीच घनिभूत छलफल चलिरहेको छ ।

यहि क्रममा राजपासँग माओवादी केन्द्रले पनि पटक पटक छलफल अघि बढाएको छ । केन्द्रले सिंगो जनता समाजवादी पार्टीसँगै आफ्नो कार्यगत एकताको कुरोलाई अघि सारेको देखिन्छ । राजपाका नेताहरूले हिजो दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेट गरेका छन् ।

पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा ३४ जना सांसद रहेको जनता समाजवादी पार्टी टुक्रिँदा वा प्रधानमन्त्रीलाई समर्थन गर्ने वा नगर्ने भन्नेमा को कता रहेका होलान् ? पूर्वराजपा समूह प्रधानमन्त्रीलाई समर्थन गर्ने लाइनमा हिँडेको र पूर्वसंघीय समाजवादी दल भने नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र आफूहरूको संयुक्त सरकार बनाउनुपर्ने योजनामा दृढ देखिन्छ ।

निर्वाचन आयोगमा गत असार २७ गते पेश गरिएको जसपाको केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ जनामध्ये पूर्व संघीय समाजवादीको तर्फबाट डा. बाबुराम भट्टराई,उपेन्द्र यादव, अशोककुमार राई,राजेन्द्रप्रसाद श्रेष्ठ,नवराज सुवेदी,परशुराम खापुङ्ग,युवराज कार्की,रकम चेम्जोङ्ग,रेणुकुमारी यादव, मोहम्मद लालबाबु राउत,हिसिला यमी,हेमराज राई,गंगानारायण श्रेष्ठ,रणध्वज लिम्बु,रामसहाय प्रसाद यादव,डमरुबल्लभ खतिवडा,दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी,मोहम्मद इस्तियाक राईन,दुर्गा सोब, परशुराम बस्नेत,प्रशान्त सिंह, भक्तबहादुर शाह,सुशीला श्रेष्ठ, विजयकुमार यादव गरी २५ जना छन् ।

त्यसैगरी पूर्व राजपाको तर्फबाट महन्थ ठाकुर,राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, महेन्द्र राय यादव, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल, बृशेषचन्द्र लाल, गोविन्द चौधरी, जितेन्द्रप्रसाद सोनाल, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर साह,मनिषकुमार सुमन,राजकुमार लेखी, अमृता अग्रहरी, रेशमलाल चौधरी, रामनरेश राय यादव, केशवकुमार झा, अकवाल अहमद साह, निर्जला राउत, रमेशप्रसाद यादव, सुनिलकुमार झा र गजाधर रोहिता यादव गरी २६ जना रहेका छन् ।

पार्टीमा दुवै दलका १७–१७ जना गरी ३४ जना सांसद छन् । तीमध्ये पूर्वराजपाका रेशमलाल चौधरी र पूर्वसंघीय समाजवादीका हरिनारायण रौनियार निलम्बित छन् । यसो हुँदा दुवै खेमामा १६ जना सांसद छन् । प्राविधिक रुपमा एक जना सांसदले अप्ठेरो पर्ने भएकाले सरकारले चौधरीको नरसंहारमा संलग्न भएको गम्भीर अपराधसम्बन्धी मुद्दा फिर्ता लिन सकिनेसम्मको वचन दिएको बुझिएको छ ।
–जनआस्था

प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी

विशेष