माधव नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन सुरु
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले संगठन भित्र समानान्तर कमिटी गठन सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरुलाई जिम्मेवारी विहिन वनाएपछि त्यसको काउण्टरमा यस्ता कमिटी निर्माण गर्न थालिएको हो।
नेपाल पक्षले सात वटै प्रदेशमा संयोजक तोकेको छ । निम्नानुसारका नेतालाई संगठनको जिम्मेवारी दिईएको छ ।
प्रदेश १– भीम आचार्य
प्रदेश २– घनश्याम भुसाल
प्रदेश ३– अष्टलक्ष्मी शाक्य
प्रदेश ४– सुरेन्द्र पाण्डे
प्रदेश ५ र ६– युवराज ज्ञवाली
प्रदेश ७– भीम रावल
युवा विभाग– रघु पन्त
विद्यार्थी विभाग– गोकर्ण विष्ट
प्रचार विभाग– योगेश भट्टराई
महिला विभाग– अष्टलक्ष्मी शाक्य
बुद्धिजीवी विभाग– प्रमेश हमाल