News राजनीति

कांग्रेस जसपालाई प्रधानमन्त्री दिन तयार भए हामी पनि तयार छौंः मातृका यादव

कांग्रेस जसपालाई प्रधानमन्त्री दिन तयार भए हामी पनि तयार छौंः मातृका यादव

नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादवले नेपाली कांग्रेस जसपालाई प्रधानमन्त्री दिन तयार भए आफुहरु पनि तयार रहेको वताएका छन् । प्रतिगमनकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन आफ्नो पार्टी कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको उनको भनाई छ ।

प्रेस संगठन नेपाल सप्तरीले सदरमुकाम राजविराजमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले माओवादीले कांग्रेस र जसपासँग मिलेर सरकार वनाउने तयारी गरेको वताए ।

यो सरकार बनेपछि जसपाले राख्दै आएको रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका कामलाई अगाडि बढाइने उनले बताए । उनले भने–‘सरकार बनेपछि रेशम चौधरीको रिहाइ हुन्छ । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिएकाले त्यसका लागि पनि प्रयास सुरु हुन्छ।’

नेता यादवले केपी ओलीसँग नमिल्न पनि जसपाका नेतालाई आग्रह गरे । 

प्रधानमन्त्री ओलीलाई ‘महाठग’को संज्ञा दिंदै नेता यादवले ओलीले विगतमा धेरैलाई ठगेको र माओवादी अध्यक्ष प्रचण्डलाई पनि दुई पटक ठगेको आरोप लगाए । ‘त्यसैले प्रतिगमनसँग होइन अग्रमगनसँग सहकार्य गरौं’ उनले भने–‘भोलि जसपालाई पनि नठग्लान भन्न सकिन्न।’
 

विशेष