सोमवार वस्ने गरी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकियो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आईतवारको केन्द्रीय समिति बैठक सकिएको छ । सोमवार विहान ११ वजे फेरि बस्ने गरी वैठक सकिएको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा रामवहादुर थापा लगाएका नेतालाई कारवाही गर्नेदेखि पार्टीको नाम परिवर्तन गर्नेसम्मका प्रस्ताव पेश भएका छन् । वैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए।
उनीहरूले नेकपा विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए। केहीले भने अझै पनि सम्भावना रहेको र वृहत ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानु पर्ने बताएका थिए।
बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए। अदालतले अनावश्यक ठाउँमा हात हालेको पनि प्रचण्डको भनाइ थियो।