माओवादीवाट मन्त्री भएर एमालेमा रहेकालाई २४ घण्टे पुर्जी
माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी लिएर माओवादी केन्द्रबाट मन्त्री भएकाहरूलाई कारबाहीको प्रकृया सुरु गरेको छ । एमालेमा लागेका नेताहरुलाई २४ घण्टाको समय उल्लेख गरेर स्पष्टिकरण सोधिएको एक नेताले वताए ।
पत्रमा पार्टी छोडेको हो/होईन भनेर सोधिएको उनले वताए । २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन भन्ने ब्यहोराको पत्र लेखिएको स्रोतको दाबी छ ।
आईतवारको बैठकमा मन्त्रीमा गएका र एमाले केन्द्रीय सदस्य बनेका बाहेक अरु सबैको उपस्थिति रहेको जनाईएको छ ।
वैठकमा पार्टीको नामको बारेमा सामान्य छलफल भएपनि टुंगोमा नपुगिएको स्रोतले बताएको छ ।
त्यसबारे भोलि निर्णय हुने सम्भावना रहेको सहभागी एकजना केन्द्रीय सदस्यले बताएका छन् ।