News

हस्ताक्षर फिर्ता लिएर आत्मआलोचना नगरे विधानअनुसार कारबाही हुन्छ : शेरधन राई

हस्ताक्षर फिर्ता लिएर आत्मआलोचना नगरे विधानअनुसार कारबाही हुन्छ : शेरधन राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुले हस्ताक्षर फिर्ता लिएर आत्मआलोचना नगरे विधानअनुसार कारबाही गरिने वताएका छन् ।

आत्मालोचनासहित दलमा जानकारी गराएपछि मात्रै उनीहरुलाई दलको बैठकमा सहभागी हुन दिने उनको भनाइ छ । 

संसदीय दलले समयसीमा तोकेर हस्ताक्षर फिर्ता लिई दललाई जानकारी गराउन पत्राचार गर्ने तयारी गरेको राईले बताए । हस्ताक्षर फिर्ता नलिए दलको विधान आकर्षित हुने र त्यही विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढ्ने उनको चेतावनी छ।

एमालेका माधवकुमार नेपाल समूहका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले भने अविश्वास प्रस्तावको विषयमा केन्द्रका नेताहरुले गरेको निर्णयअनुसार अघि बढ्ने बताए । केन्द्रीय भेलाको निर्णयले केन्द्र र प्रदेश दुवैमा अविश्वास प्रस्तावको विषयमा निर्णय लिने वताएका उनले त्योभन्दा अघि संसदीय दलले पत्र पठाएपछि छलफल गरेर अघि जानकारी दिए ।

विशेष