News राजनीति

ओलीलाई प्रधानमन्त्रीवाट हटाउन प्रचण्डको दौडधुप, खनाल–नेपालसँग छलफल

ओलीलाई प्रधानमन्त्रीवाट हटाउन प्रचण्डको दौडधुप, खनाल–नेपालसँग छलफल

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीवाट हटाउने विषयमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

आईतवारको केन्द्रीय कमिटी बैठक स्थगित गरेर नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले खनाल र नेपालसँग ओलीलाई हटाउने विषयमा छलफल गरेका हुन् ।

वैठकमा सातै प्रदेश, सम्पर्क मञ्च, प्रवास र विशेष प्रदेश कमिटीका नेताहरुको बिफ्रिङ सुनेपछि प्रचण्डले नेपाल र खनालसँग भावी रणनीतिबारे छलफल गरको श्रोतले जनाएको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र नयाँ सरकार कसरी बनाउने विषयमा उनीहरु विच कुराकानी भएको जनाईएको छ ।

प्रचण्डले ओलीलाई हटाउन विभिन्न दलसँग छलफल गरिरहेको र एमालेको नेपाल खनाल समूहलाई पनि साथ लिने प्रयास गरिरहेको श्रोतको दावी छ । प्रचण्डले जसपा र कांग्रेसका नेताहरुसँग पनि निरन्तर छलफल गरिरहेका छन् ।

विशेष