सरकारी अनुदान शुन्य,चन्दा कै भरमा टिकेका छन जनकपुरका मदर्सा
वीरेन्द्र रमण
जनकपुर- प्रदेश नम्बर २का अस्थायि राजधानी जनकपुरमा रहेको अधिकांस मदर्साहरु सरकारी उपेक्षाका सिकार बनेका पाइएको छ । ती मदर्साहरु सरकारी सहयोग नरहेकाले निजि चन्दाकै भरमा संचालन हुदै आई रहेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहनामा तिन वटा मदर्सा संचालनमा रहेका छन । तर मदर्साहरु अहिले दरावस्थामा पुगेको छ । लोहनामा नै संचालनमा रहेको कादरिया बरकाती मदर्सामा २सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन । तर त्यहा २ जना शिक्षक मात्रै कार्यरत रहेका छन । त्यसैगरि मदर्सा महकामा समेत २५० छात्रा र २सय छात्र अध्ययनरत रहेका छन ।
जसमा १२ जना मात्रै शिक्षक कार्यरत रहेका छन । मदर्सा महकामा स्नातकसम्म पढाई हँदै आई रहेको छ भने मदर्सा कादरियामा प्रारम्भिक पढाई हुने गरेको छ । तर दुवै मदर्साको अवस्था लथालिंग नै रहेको छ । वडा नम्बर २५का वडा प्रतिनिधि कमरुदिनका अनुसार मदर्साको अवस्था निकै दयनिय रहेको र सरकारी सहयोग समेत नाम मात्रको आउने गरेको बताए । उनले मुस्लमी समुदायको चन्दा सहयोगबाट नै मदर्सा संचालन हुँदै आएको छ ।त्यस्तै ६४ वर्ष देखि जनकपुरधाममा सञ्चालनमा रहेको अलजामेअतुल हनफियतुल गौसिया मदर्सा स्थानीय सरकार बनि सकेपछाडी पनि सरकारको आँखा जान सकेको छैन । सरकारी निकायको ध्यान त्यस मदर्सामा जान नसकेपछि त्यहाँको अवस्था झन दयनिय बन्दै गईरहेको छ । वि.सं. २०१२ मा स्थापना भएको अल जामेअतुल हनफियतुल गौसिया मदर्सा सरकारी मान्यता वि.सं. २०६५ मा पाउन सफल भयो । तर सरकारी स्तरबाट मान्यता पाएको ११ वर्ष बितिसक्दा पनि त्यहाँ न विद्यार्थीकै लागि कुनै किसिमको सुविधा प्रदान गरिएको छ न त शिक्षकहरुकै लागि । सामाजिक सहयोगबाट सञ्चालनमा रहेको सो मदर्सामा १ सय २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये ५० जना छात्राहरु अध्ययनरत रहेका छन् ।
उर्दु शिक्षाको आकर्षण घटिरहेको समयमा पछिल्लो शैक्षिक सत्रको तुलनामा यस मदर्सामा विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ । शैक्षिक सत्र २०७५÷०७६ मा २५ विद्यार्थी मात्रै रहेकोमा चालु शैक्षिक सत्रमा थप ८५ विद्यार्थीहरु अध्ययन गर्नका लागि पुगेका हुन् । यहाँ पढ्ने छात्र छात्राहरु उर्दु शिक्षाका लागि यहाँ पुग्ने गर्छन् भने अन्य विषयको अध्ययनका लागि अर्को विद्यालयमा अध्ययन गर्ने गर्छन् । मदर्सामा रहेको विद्यालय व्यस्थापन समितिको पहलकै कारण विद्यार्थीहरुमा उर्दु शिक्षाप्रति आकर्षण बढेको समितिका अध्यक्ष जलालुद्दिन खानले दावी गरे ।
मदर्सा शिक्षकको दरबन्दी छैन्
वि.सं. २०६५ सालमा सरकारी स्तरमा मान्यता प्राप्त गरेको अल जामेअतुल हनफियतुल गौसिया मदर्सामा कक्षा २ सम्म पढाई हुन्छ तर सरकारी मान्यता पाएको ११ वर्ष बितिसक्दापनि अहिलेसम्म यस मदर्सामा शिक्षकहरुलाई नियुक्ति गरिएको छैन । मदर्साका सदर मुदरिस (प्राधानाध्यापक) शेख नइमले बताए । नइम मदर्साका प्राधानाध्यापक भएपनि उनी स्वयं दरबन्दीबाट आएका होनन् ।
मदर्सामा दरबन्दी किन राखिएको छैन भन्ने प्रश्नमा शिक्षा समन्वय ईकाई धनुषाका प्रमुख बर्खु प्रसाद रजकले अब माविसम्मको शिक्षा स्थानीय तहमा गईसकेकोले स्थानीय तहबाट नै दरबन्दी गर्नु पर्ने बताए । उनले भने ‘स्थानीय तहमा दरबन्दी मिलान भईरहेको र दरबन्दी नियमावली बनिसकेकोले अब शिक्षक माग गर्दा पुर्ती हुनेछ ।’
मदर्सामा जम्मा ७ जना शिक्षकहरुलाई सामाजिक स्तरमा राखिएको छ । उनीहरुको तलब मुस्लिम समुदायबाट उठ्ने जकात अर्थात चन्दाबाट व्यवस्थापन हुँदै आएको छ । विराटनगरका प्रधानाध्यापक नईम मात्र १० हजार रुपैयाँ पारिश्रमिक लिएर विद्यार्थीहरुलाई पढाउँदै आई रहेका हुन् । उनले भने ‘उर्दु भाषा हराएर नजाओस ध्येयका साथ मात्रै आफू कम पारिश्रमिकमा काम गर्दै आएको छु’
आफूहरु अड्डा कार्यालय धाउँदा धाउँदा हैरान भई सके पनि अहिले सम्म केही हाशिल हुन नसकेको नइमले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खानले समेत मदर्सामा शिक्षक दरबन्दीका साथै विद्यार्थीहरुको दिवा खाजा, ड्रेस, छात्रवृति लगायतका अन्य सुविधाका लागि पहल भईरहेको जानकारी गराए ।
अल जामेअतुल हनफियतुल गौसिया मदर्सामा धनुषा जिल्लाको मात्र नभई महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट, भारतको विभिन्न स्थानबाट समेत उर्दु शिक्षा ग्रहण गर्नका लागि पुग्ने गर्छन् ।