News मुख्य समाचार

मदर्सामा पढने विद्यार्थीलाई राष्टपति र प्रधानमन्त्रीको नाम थाहा छैन

मदर्सामा पढने विद्यार्थीलाई   राष्टपति र प्रधानमन्त्रीको नाम थाहा छैन

जनकपुरधाम- प्रदेश नम्बर २ को अस्थायि राजधानी जनकपुरमा संचालनमा रहेको मदर्सामा अध्ययनरत रहेका विद्यार्थीहरुलाई राष्टपति र प्रधानमन्त्रीको समेत नाम थाहा छैन । प्रदेश प्रमुख राजेश झा अहिराजले  पछिल्लो समयमा विद्यार्थीहरुको अनुगमन र विद्यार्थीहरुसंगको अन्तरक्रिया कार्यक्रममा आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ मा रहेको मदर्साको अनुगमन गरेका छन । सो क्रममा विद्यार्थीहरुसंग झाले देशको राष्टपति र प्रधानमन्त्रीको नाम सोधेका थिए । तर अधिकांस विद्यार्थीहरुले गलत जवाफ दिएका थिए ।  पछिल्लो समय प्रदेश २ का प्रदेश प्रमुख झा शैक्षिक संस्थाहरुमा अनुगमनलाई तीव्रता दिएका छन् । प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा रहेको ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेको २ दिन नबित्दै एक मदर्सामा अनुगमनका लागि पुगेका छन् । झाले शिक्षा र स्वास्थ्यको सुधार भए मात्रै प्रदेश समृद्ध हुने भएको कारणले आफुले यसको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि नै अनुगमन र विद्यार्थीसंग अन्तरक्रिया कार्यक्रम गर्न थालेको शिक्षकहरुलाई बताएका छन ।  

जनकपुरधाम उपमहाननगरपालिका वडा नम्बर २५ लोहनामा रहेको मदरसाका विद्यार्थीहरुलाई आफ्नै देशको प्रधानमन्त्री, राष्ट्रपति, प्रदेश २ मा कतिवटा जिल्ला छ भन्ने विषयमा समेत थाहा छैन । प्रदेश २को प्रदेश प्रमुख राजेश झा नेपालकै सबैभन्दा ठूलो मदरसा, मदरसा महकामा अनुगमनका लागि पुगेका थिए । यद्यपि कोरोना महामारीका कारण बन्द रहेको पठनपाठन अहिलेसम्म मदरसामा पठनपाठन संचालनमा आउन सकेको छैन । सो मदरसामा स्नातकसम्म पढाई हुुन्छ भने ४ सय ५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । २ सय ५० छात्रा र २ सय छात्रलाई पढाउनका लागि १२ जना शिक्षक मात्रै रहेको वडा नम्बर २५का वडा सदस्य मोहम्मद कमरुद्दिनले जानकारी दिए । 

त्यस लगत्तै प्रदेश प्रमुख झा सोही वडामा रहेकोे अर्को मदर्सा कादरिया बरकाती मदर्सामा पुगेका थिए । जहाँ २ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने २ जना शिक्षक मात्रै रहेको छ । 

सो मदर्सामा प्रदेश प्रमुख झाले अध्ययनरत छात्र छात्रालाई देशको प्रधानमन्त्रीको नाम, राष्ट्रपतिको नाम, प्रदेश २मा कतिवटा जिल्ला छन् लगायतका प्रश्नहरु गरे । अधिकांश विद्यार्थीहरुले प्रदेश प्रमुखले सोधेको प्रश्नहरुको जवाफ दिन सकेनन् । यद्यपि एक विद्यार्थीले गलत जवाफ दिदै राजेन्द्र महतोको नाम बताएका थिए । शिक्षकहरुलाई झाले देशको न्युनतम जानकारी विद्यार्थीहरुलाई दिनको लागि आग्रह गरेका थिए । उनले मुलुक रहे मात्रै हामी रहने भन्दै मुलुक बनाउने जिम्मेवारी सबैको कांधमा आएको बताए । प्रदेश नम्बर २ मा विकासको लागि कहिलेपनि बजेट बाधक नरहेको भन्दै झाले भने सोच परिवर्न हुनु जरुरी छन । मदर्साका शिक्षकहरुले भौतिक अवस्था र यसको सुधारको लागि पहल गर्न आग्रह गरेका थिए । 

प्रदेश प्रमुख झाले मदर्साका शिक्षकहरु संग कुरा गर्दै मदरसाहरुमा गुणस्तर शिक्षाको अभाव रहेकोमा दुःख व्यक्त गरे । जवाफमा शिक्षकहरुले मदरसाप्रति सरकारी उदासिनताका कारण निजि चन्दाको भरमा जसोतसो चलिरहेको दुखेसो व्यक्त गरे ।

विशेष