News

पेन्सन लिन हिडेका वृद्धको लडेर मृत्यु, १५ दिनपछि भेटियो शव

पेन्सन लिन हिडेका वृद्धको लडेर मृत्यु, १५ दिनपछि भेटियो शव

पेन्सन लिन हिडेका ओखलढुंगाको मोलुङ गाउँपालिका–५, का एक वृद्धको शव १५ दिनपछि फेला परेको छ।

फागुन १६ गते पेन्सन लिन घरबाट निस्केका ६६ वर्षीय शंकर तामाङ मृत भेटिएका हुन्। प्राप्चाको पाखाबारी गोरेटो बाटो नजिक शनिबार उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।

घरबाट निस्केपनि नफर्किएका तामाङलाई बिहीबार पाखाबारीका स्थानीयबासीले देखेको बताएका थिए । शुक्रबार बेलुका मादक पदार्थ सेवन गरेर घर फर्कने क्रममा उनको लडेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

बाटोबाट करिब ३० मिटर तल लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको थियोे। प्रहरीले मृतकको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 

विशेष