प्रदेश १ को प्रदेश सभा बैठक सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित
प्रदेश १ को प्रदेश सभा बैठक सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिवलयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गरी विषेश कारणले बैठक स्थगित गर्नुपरेको जनाएका छन् ।
यसअघि फागुन २० गतेका लागि बोलाइएको बैठक १९ गते नै सूचना प्रकाशित गर्दै चैत २ गतेका लागि बैठक बोलाएको थियो ।
वैठक स्गगित भएपछि मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफल पनि अन्यौलमा परेको छ । सो विषयमा छलफल गर्न भन्दै सोमबार दिउँसो १२ बजेका लागि बोलाईएको थियो।
यसअघि पनि मुख्यमन्त्री राई पक्षले नै आफूविरूद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश सभा अवरुद्ध गर्दै आएको थियो । बैठक अबरुद्ध हुँदा माघ ७ मा सुरू भएको हिउँदे अधिवेशन अहिलेसम्म राम्ररी चल्नै पाएको छैन ।
सर्वोच्च अदालतले नेकपाको एकता भंग गरि माओवादी केन्द्र र एमाले व्यूंत्याइदिए प्रदेश विवाद नयाँ ढंगबाट अघि बढेको छ । प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् ।
जसमा एमालेको ५१, कांग्रेसको २१, माओवादी केन्द्रको १६ र जनता समाजवादी पार्टीका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एक जना सदस्य छन् ।