News अपराध सुरक्षा

गृहमन्त्री थापामाथि संग्रौलाको गम्भिर आरोप– निर्मला पन्तको हत्यामा संलग्नता

गृहमन्त्री थापामाथि संग्रौलाको गम्भिर आरोप– निर्मला पन्तको हत्यामा संलग्नता

लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री रामवहादुर थापा ‘वादल’ विरुद्ध गम्भिर आरोप लगाएका छन् । निर्मला पन्त वलात्कारपछि हत्याबारे थापाको संलग्नता रहेको संग्रौलाको आरोप छ।

आफनो फेसबुकमा उनले हत्या घटनामा गृहमन्त्री बादलको संलग्नता रहेकाले उनी निरीह बनेको आरोप लगाएका छन्।

वादलको निरीहपनलाई प्रधानमन्त्री केपी ओलीले सत्ता स्वार्थका लागि ब्ल्याकमेलिङ गरिरहेको र त्यसको वास्तविक्ता विस्तारै खुल्दै जाने पनि उनले लेखेका छन् ।

‘निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा ‘बादल’को संलग्नताले उनी निरीह बने’ उनले लेखेका छन्–‘उनको निरीहपनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन्। आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।’

खगेन्द्र संग्रौला गृहमन्त्री रामवहादुर थापा निर्मला पन्त वलात्कारपछि हत्या

विशेष