News राजनीति

‘फागुन २८’ मै अड्कियो एमाले वैठक, दुवै पक्षको अडानले वैठक निस्कर्षविहिन

‘फागुन २८’ मै अड्कियो एमाले वैठक, दुवै पक्षको अडानले वैठक निस्कर्षविहिन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।

वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिबद्धता जनाए पनि आ–आफ्ना अडान नछोडेपछि सहमति हुन नसकेको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकीककरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पूर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरुको प्रभाव शून्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो ।

सो प्रस्ताव अनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किउँ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको प्रतिक्रिया दिए । 

नेता नेपाल पक्षका उपाध्यक्ष भीम रावलले पार्टी एकतावद्ध गरेर जाने विषयमा सबैको एकमत भए पनि सर्वोच्च अदालतको फैसला पछिका क्रियाकलाहरुको प्रभाव शून्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिए ।

सर्वोच्च अदालतको फैसला मान्ने हो भने फैसलापछिका सम्पूर्ण क्रियाकलापको प्रभाव शून्य हुनुपर्ने र त्यो गर्न आफुहरु तयार रहेपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली तयार नभएको नेता रावलले बताए। 

विशेष