माधव पक्षले पेलेपछि प्रचण्डसँग साईनो जोडन खोज्दै ओली, एक पटक भेट्ने प्रश्ताव
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खोजेको खुलेको छ ।
दाहाललाई भेटन ओलीले सोमबार बिहान फोन गरेको जनाईएको छ । ‘उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ’ माओवादी केन्द्रका एक नेताले भने–‘प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्नु भएछ।’ त्यसपछि ओलीले बिहान बेलुका समय मिलाएर भेटन प्रश्ताव गरेको ति नेताले वताए । उनले भने–‘त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग अलग भएपछि अब के कुरा छ र भन्नुभयो ।’
ओलीले भने दाहालसँग आफूले केही कुरा गर्न चाहेको बताएका थिए । तर, उनीहरु विच केहिले र कहाँ भेट गर्ने भन्ने विषय टुतर, उनीहरु विच केहिले र कहाँ भेट गर्ने भन्ने विषय टुङ्गो लागि सकेको छैन ।