News अपराध सुरक्षा

लहान वम विस्फोटमा संलग्न भएको आशंकामा एक पक्राउ

लहान वम विस्फोटमा संलग्न भएको आशंकामा एक पक्राउ

सिरहाको लहानस्थित मालपोत कार्यालयमा आईतबार भएको बम विस्फोटमा संलग्न भएको आंशमा प्रहरीले लहान नगरपालिका १८ भदैयाका ३९ वर्षिय बलराम मण्डललाई पक्राउ गरेकोछ ।

सशस्त्र प्रहरीको टोलीले मण्डललाई पक्राउ गरेको हो । मण्डललाई सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट सोमबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मण्डल यसअघि पनि बम काण्डहरुमा संलग्न रहेकोले त्यसै आशंकामा पक्राउ गरिएको जनाईएको छ । आईतबार दिउँसो करिव १ बजे लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट भएको थियो ।

बिस्फोटमा धनगढीमाई नगरपालिका–१३ बस्ने ३० वर्षीय दिनेशकुमार भण्डारी, कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६ का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४ का ३८ वर्षीय फुलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर घाइते भएका थिए ।

घाइते मध्ये दिनेशको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

पक्राउ सशस्त्र प्रहरी आशंका वम विस्फोट

विशेष