राष्ट्रपति भण्डारीले वोलाईन सर्वदलीय बैठक, यस्तो छ कारण
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक वोलाएकी छिन् ।
भोली (मंगलबार) दिउँसो ४ बजे वस्ने गरी संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएको जनाईएको छ ।
दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयास गर्न राष्ट्रपति भण्डारीले बैठक बोलाएको स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले नेकपा एमालेलाई आधिकारीक्ता नदिएपछि एमाले र माओवादी केन्द्र दुई वटा पार्टी सकृय भएका छन् । एमाले भित्र माधव नेपाल–झलनाथ खनाल समुहले केपी ओली समुहलाई पेल्न मनसायले अघि वढेको छ ।
नेपाल–खनाल समुहले चैत ४ र ५ गतेका लागि कार्यकर्ता भेला वोलाएको वेला राष्ट्रपति भण्डारीले सर्वदलिय वैठक वोलाउनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।