जनकपुरधाममा छाडा चौपायाको आतंक
जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाको छाडा चौपाया टाउको दुखाई बनेका छन । शहरमा जताततै छाडिएका चौपाया र संगुरहरुले सडक र गल्ली फोहर नगरवासीले दिनभर त्यतिकै छाडिने चौपायालाई सांझ मात्र घर लैजान्छ ।
छाडा चौपाया नियन्त्रणका लागि उपमहानगर,जिल्ला टाफिक प्रहरी लगायत निकायले पटक पटक अभियान समेत नचालएका होइनन । छाडा छाडिएका सुंगुर समातेर कान्जी हाउसमा बुझाउनेलाई सय रुपैया पुरस्कार कै व्यवस्था गरिएको थियो ।तर अहिलेपनि छाडा चौपाया नियन्त्रणको लागि कुनै प्रयास गरिएको छैन । जनकपुरमा छाडा चौपायाको आतंक समेत बढेको छ । जनकपुरधाम उपमहानागरपालिकाको कांजी हाउस खाली छ । तर नगरभित्र चौपाया निर्वाध घुमेको दृश्य सहजै हेर्न सकिन्छ । सड़क दुर्घटनाको प्रमुख कारण मध्येका एक छाडा चौपाया रहेको भएपनि नियन्त्रणमा सम्वन्धित निकायको ध्यान नगएको स्थानीयको गुनासो छ ।छाडा चौपायको कारणले नगर क्षेत्रमा दुर्घटनाको समेत जोखिम बढको छ ।
छाडा चौपायाबाट सर्वसाधारण मात्र पीडित छैनन्, बाहिरबाट जनकपुरधाम घुम्न आएका पर्यटकसमेत सडक र जानकी मन्दिर वरपर घुम्ने छाडा चौपाया देखेर नाक खुम्चाउने गरेको दृष्य सहजै देख्न सकिन्छ । धार्मिक नगरी समेत रहेको कारणले जनकपुर पर्यटकहरु आउने गरेका छन ।
प्रदेश २ को अस्थायी राजधानीसमेत रहेको जनकपुरधाममा सवारी साधनको बढ्दै गरेको चापले छाडा चौपायाको नियन्त्रण हुन नसक्दा ट्राफिक व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको ट्राफिक प्रहरी कार्यालय जनकपुरका अधिकारीहरूले बताए । नगरपालिकाकै केही मेस्तरले सुँगुर पालेका छन् । ती सुँगुरले पनि जनकपुरधामको सफाइमा समस्या देखिएको छ ।
नगरपालिकाकै कर्मचारी रहेका राजी मेस्तरसँग करिब ४ दर्जन सुँगुर रहेको छ । उनको सुँगुर शहर बजारमा खुल्ला रूपमा घुमिरहेका हुन्छन् । जनकपुरमा छाडा छौपाया र सुंगरको कारणले सबै भन्दा बढि समस्या गाडि चलाउनेहरुलाई हुने गरिएको छ । नेपाली कांग्रेसका नगरसभापति मनोज साहले जनकपुरधाम उपमहानगरपालिकाको प्रभावकारी योजना नबनाएको कारणले समस्या देखिएको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्रले चाँडै यो समस्या समाधान हुने दाबी गरिन् । उनले यसका लागि नगरपालिका अझै प्रभावकारी योजनाका साथ अगाडि बढ्ने बताइन् ।