सभामुखले वोलाए कार्यब्यवस्था परामर्श समितिको वैठक

सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो दुई वजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
मंगलवार वस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न समितिको बैठक बोलाईएको हो ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका प्रतिनिधिलाई बोलाएको छ । प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।
संसद पुर्नस्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते बसेको थियो भने दोस्रो बैठक फागुन २६ गते बसेको थियो ।
पहिलो बैठक सत्तारुढ दलकै सांसदहरुले बहिष्कार गरेका थिए भने प्रतिपक्ष दलका सांसदहरुले सरकारले ल्याएका अध्यादेश पेश गर्नेक्रममा विरोध र नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।
कार्यव्यवस्था परामर्श समिति प्रतिनिधिसभा बैठक