News राजनीति

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी

आईतवारको वैठकमा छलफल हुन वाँकी रहेका विषयमा निर्णय गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दोस्रो दिन सोमवार पनि जारी छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा वसिरहेको छ।

बैठकमा पार्टीको नाम परिवर्तनबारे छलफल गरेर टुंग्याउने बताइएको छ। यस्तै, बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने कार्यसूची छ। वर्तमान सन्दर्भमा पार्टी र आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा सुझावात्मक टिप्पणी गर्ने, संठनात्मक काम र पार्टी विधान संशोधन तथा पार्टी अनुशासन, राष्ट्रिय भेला, कम्युनिस्ट आन्दोलन एकीकरणका विषयका कार्यसूची बैठकले पास गरेको छ।

बैठकले स्थायी कमिटीले प्रस्ताव गरेअनुसार अहिलेसम्म मन्त्री पदमा रहेका पार्टीका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो। मन्त्रीबाट फिर्ता नभए उनीहरुलाई अनुशासनको कारवाही गर्ने निर्णय पनि भएको छ।

बैठकमा ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति, कम्युनिस्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, पार्टी र कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र भावी कार्य योजनाबारे जानकारी गराएका थिए। 

आइतबारको बैठकले अन्य राजनीतिक दलसँग वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको थियो।

माओवादी केन्द्र कम्युनिस्ट पार्टीमाथि आक्रमण

विशेष