News स्वास्थ्य

शिक्षण अस्पतालमा राष्ट्रपतिले कोरोनाविरुद्धको खोप लगाउने

शिक्षण अस्पतालमा राष्ट्रपतिले कोरोनाविरुद्धको खोप लगाउने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमवार) अपरान्ह ४ वजे कोरोनाविरुद्धको खोप लगाउने भएकी छिन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको जनाईएको छ । उनीसँगै परिवारका सदस्य पनि खोप लगाउन महाराजगञ्ज जाने स्रोतले जनाएको छ । 

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा गत फागुन २३ देखि ६५ वर्ष माथिका वृद्धवृद्धालाई खोप लगाइँदै छ। 

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल कोरोनाविरुद्धको खोप

विशेष