वामदेव गौतमले पनि वोलाए आफ्नो समूहको भेला

अध्यक्ष केपी शर्मा ओलीले सबै पदाधिकारी खारेज गरेको विषयमा छलफल गर्न नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन्।
गौतमले भोलि (मंगलवार) बिहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा भेला बोलाएका हुन ।
उनले ओलीसँग मिल्ने र सँगै अघि वढ्दे सवै सम्भावना समाप्त भएको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएपछि गौतमले राष्ट्रिय एकता अभियान शुरु गर्नु भएको थियो ।
ओलीले आफूनिकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर आफ्नो समूहको सबै जिम्मेवारी खोसेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह रुष्ट छ । नेपाल समुह आज ओलीसँग वार्तामा छ।
नेपाल पक्षले समानान्तर कमिटी बनाएर ओलीको निर्णयलाई चुनौति दिएको छ ।
वामदेव गौतम समूहको बैठक समानान्तर कमिटी