वातावरण संरक्षण र पर्यापर्यटन विकासलाई प्राथमिकता : सेना
नेपाली सेनाले पछिल्ला दिनमा वातावरण संरक्षण तथा पर्यापर्यटन विकास र विस्तार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ । सेना दिवसका अवसरमा पर्सा राष्ट्रिय निकुुञ्जलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने ध्येय सेनाले निजगढ र जितपुुरका स्थानीय तहको सहकार्यमा ‘आधाभार–हात्तीसार जङ्गल फायरलेन क्रस कन्ट्री ५५ किमी साइक्लिङ २०७७’ आयोजना ग¥यो ।
सो कार्यक्रमको समापनका अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले राष्ट्रिय निकुुञ्जलाई पर्यटन गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक कार्यक्रम घोषणा हुन आवश्यक रहेको बताए। उनले भने–‘निकुुञ्ज क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सके स्थानीयवासीको जीवनस्तर उकास्न योगदान पुुग्छ, राज्यको समेत आयस्रोत बढ्छ ।’
जिल्लास्थित पर्यटन बोर्ड, होटेल एसोसिएशन र साइक्लिनिङ राइडरको समन्वय र सहकार्यमा आयोजना गरिएको ५५ किमी दूरीको उक्त कार्यक्रममा पूूर्वप्रधानसेनापति गौरवशम्शेर जवरा, विश्व साइकल यात्री तथा मुुलुकको पर्यटन क्षेत्रमा आबद्ध सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए। उक्त साइकल दौडमा २२० सहभागी थिए ।
सेना दिवसकै अवसरमा ४ नं वाहिनी अड्डाले बाँके र बर्दियाको पर्यापर्यटन, प्रकृति संरक्षण प्रवद्र्धन, प्रचारप्रसार एवं वतावरण संरक्षणसम्बन्धी जनचेता अभिवृद्धि गर्ने उद्देश्यले २१ किमी दूरीको प्रकृति संरक्षण दौडको आयोजना ग¥यो । उक्त प्रतियोगितामा पुुरुषतर्फ शिवबहादुर रायमाझी प्रथम, भेषराज बास्तोला द्वितीय र ललित शाही तृतीय भए। महिलातर्फको १० किमी दूरीको प्रतियोगीतामा रोजिना भण्डारी प्रथम, सीता चौधरी द्वितीय र पूूर्णिमा खडकाले तृतीय स्थान प्राप्त गर्न सफल भए।
सोही उपलक्ष्यामा वाहिनीले २५ किमी दूरीको पहिलो प्रकृतिक संरक्षण साइकिल दौड प्रतियोगिता आयोजना गरेको थियो । साइक्लिङतर्फ सुुरज राना प्रथम, बाबुुराम विश्वकर्मा द्वितीय र जितु चौहान तृतीय हुुनुुभयो । महिलातर्फ सुनसरीकी ईन्द्रकुमारी तामाङ, सुनसरीकी विदिशा चौधरी र नेपालगञ्जकी पार्वती सार्की क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो ।
(रासस)