शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगीत

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगीत


काठमाडौ 
प्रतिनिधिसभाको आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । 
बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै  एक मिनेट मौनधारण गरिएको थियो ।

उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ  । उहाँ विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्थ्यो । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ ।त्यसैगरि प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।
सभामुखका अनुपस्थितिमा  डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।
 

प्रतिनिधिसभा

संम्बधित खबर

विशेष