सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका–७ करुन डाँडामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ७ जना घाइते भएका छन्। जसमध्ये जिप चालकसहित २ जनाको अवस्था गम्भीर छ। घुम्तीमा मोड्ने क्रममा जिप दुर्घटनामा परेको हुन सक्ने स्थानीय प्रशासनले जनाएको छ ।
घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको सिन्धुलीका सिडिओ सुरेश न्यौपानेले वताए।
दुर्घटना