नेपालीलाई चीन प्रवेशमा सर्तः चीनमै वनेको कोरोना विरुद्धको खोप अनिवार्य
चीनले आफ्नो देशमा निर्मित कोरोनाको खोप नलगाएका नेपालीहरुलाई चीनमा प्रवेश नदिने भएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै चीनमा निर्मित कोभिड–१९ खोप पूर्ण रुपमा लगाएका नेपालीहरुलाई मात्रै भिसा आवेदनमा सघाउने बताएको हो ।
चीन जान चाहने चीनियाँ खोप अनिवार्य लगाएको र कोभिड नेगेटिभ सर्टिफिकेट अनिवार्य पेश गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । यसैगरी, चीनमा पुगेपछि क्वारेन्टाइनमा पनि बस्नुपर्ने छ ।
‘चीन र विदेशी राष्ट्रहरुबीच सही ढंगले कर्मचारीहरुको आदानप्रदालाई सुचारु बनाउन नेपालस्थित चिनियाँ दूतावासले ती भिसा आवेदकहरुलाई सहजिकरण गर्नेछ, जसले चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिनेछन् ।’
यता, भारत सरकारले भने नेपालाई दुई महिना अघि नै १० लाख डोज कोरोनाको खोप उपलब्ध गराएरको छ। सोहि अनुसार खोप अभियान गाउँ गाउँ पुर्याइएको छ ।
चीनले नेपाललाई अनुदानमा दिने भनिएको खोप अहिलेसम्म नेपाल आईपुगेको छैन । ढुवानी नेपाल आफैले गर्नुपर्ने शर्त राखिएपछि खोप ल्याउने प्रक्रिया अलपत्र परेको छ । चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोप नेपाललाई दिन खोजिएको छ ।