News राजनीति

म धेरै बहस त गर्न चाहन्नँ, तर प्रधानमन्त्रीले निकै अरुचिकर कुरा बोल्नुभयोः प्रचण्ड

म धेरै बहस त गर्न चाहन्नँ, तर प्रधानमन्त्रीले निकै अरुचिकर कुरा बोल्नुभयोः प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी पनि चुनावमा जाने प्रस्ताव गरेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले त्यसको प्रतिवाद गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रमुख दलका शीर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरुको ‘भेटघाट’मा ओलीले चुनावको प्रस्ताव गरेका हुन् । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने ५ पुसको आफ्नो कदमको बचाउ गर्दै सर्वोच्च अदालतले जे फैसला गरेको भए पनि संसद विघटनसम्बन्धी व्यवस्थामा संविधानमा भएको जिकिर गरे। ‘चुनाव लोकतन्त्र होइन र ?’ उनलेभ भने–‘त्यसो भए २ वर्षपछि पनि चुनाव नगर्ने ?’

पुनर्स्थापित प्रतिनिधिसभाले पनि राम्रोसँग काम गर्ने नदेखिएको भन्दै प्रधानमन्त्री ओलीले अब सबै राजनीतिक दल मिलेर चुनावमा जाने प्रस्ताव समेत राखे। 

तर नेताहरुले प्रधानमन्त्रीको भनाइको प्रतिवाद गरे । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी नेता श्रेष्ठले उनको प्रतिवाद गरे ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्ति सुनिरहँदा ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ कि पर्दैन ? अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ कि पाइँदैन ? सबै मिलेर चुनाव गर्ने भनेको के हो ?’ भन्ने जस्ता जिज्ञासा लागेको वताए ।

करिव अन्तिम अवस्थामा वोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ‘म धेरै बहस त गर्न चाहन्नँ, तर प्रधानमन्त्रीले निकै अरुचिकर अप्रिय कुरा बोल्नुभयो।’

अन्तिममा राष्ट्रपति भण्डारीले ‘चुनाव लोकतान्त्रिक प्रक्रिया नै हो, चुनावलाई किन नकारात्मक रुपमा लिनुप¥यो ?’ भन्दै प्रश्न गरेपनि निर्णय गर्ने चै राजनीतिक दलका नेताहरु नै भएको वताईन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटघाटमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाका नेताहरु सहभागी थिए । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी समेत उपस्थित भएको भेटघाटमा एमालेका नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने उपस्थित भएनन्।

विशेष