स्थानिय तहले समयमा रकम नपठाउदा विद्यालयमा दिवा खाजा प्रभावित
महोत्तरी
सरकारले पढाई बिचमै छाडने समस्यालाई समाधान गर्न विद्यालयमा दिवा खाजा खुवाउने व्यवस्था गरेको छ । कोरोना महामारीले बन्द रहेका विद्यालयहरु तिन महिना अछि नै खुलेपनि समुदायिक विद्यालयमा अझै दिवाखाजा सुरु हुन सकेको छैन ।
खाजाको समयमा विद्यार्थी चौरमा भोक भाकै समय विताउने गरेका छन भने केही विद्यार्थी विद्यालय छाडेर घर जाने गरेका छन । महोत्तरी जनता मावि मडैका प्रधानाध्यापक अजयकुमार झाले गाउपालिकाले समयमा रकम निकासा नगरेको कारणले सो कार्यक्रम संचालन गर्न समस्या भईरहेको बताए । उनले विद्यालले आर्थिक भार धान्ने सक्ने अवस्थामा नरहेको कारणले समस्या आएको बताए ।
सरकारले स्थानिय तहमा रकम पठाएपनि स्थानिय तहले विद्यालयमा रकम पठाउन आनाकानी गरेपछि नियमित रुपमा विद्यार्थीलाई दिवाखाजा उपलब्ध गराउन नसकेको शिक्षकको भनाई छ । स्थानिय समाजसेवि धर्वेन्द्रकुमार रायले विद्यार्थीहरुलाई दिवा खाजाको रकम नपठाउनु गलत रहेको बताए । उनले यसको लागि सरोकारावाला निकाय गम्भीर बन्नुपर्नेमा जोड दिए ।
सरकारले महोत्तरीमा बालविकास र प्राथमिक तहमा ९३ हजार ५सय ८१ बलबालिका प्रत्येक दिन १५ रुपैयाको दरले खाजा खर्च वापत १४ करोड ३ लाख ७ सय १५ निकासा गरेको छ । तर स्थानिय तहले रहेक विद्यालयलाई रकम निकासा गरेर दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन चासो दिएका छैनन ।
महोत्तरीका जलेश्वर नगरपालिकाका प्रमुख रमाशंकर मिश्रले दिवा खाजा रहेक विद्यार्थी एकै नासाको हुनुपर्नेमा आफुहरुको जोड रहेको बताए । उनले आफुहरुले यस समस्यालाई गम्भीरताका साथ लिएको बताउदै शिक्षा समितिको बैठक बसाएर अविलम्ब रकम बठाउने प्रतिवद्धता जनाए । स्थानिय तहको जनप्रतिनिधिको उदासिनता र विद्यालयले स्थानिय तहबाट रकम ल्याउन चासो नदेखाएको कारणले दिवा खाजा कार्यक्रम प्रभावित भएको छ । खाजा बन्द भएपछि विद्यार्थीहरु भोकै पढन र कतिपयले बिचमा नै पढाई छाडने गरेका छन ।