जसपा पदाधिकारीको बैठक बस्दै

काठमाडौं ।
जनता समाजवादी पार्टीको पदाधिकारीको बैठक आज बस्दै छ । पार्टी कार्यालय बबर महलमा २ बजे बैठक बस्ने तय भएको छ । पार्टीका नेता केशव झाले बिहिवार देखि कार्यकारणी समितिको बैठक बस्ने तय भएको त्यसमा प्रस्तुत हुने एजेण्डाको विषयमा बैठक केन्द्रित हुने जानकारी दिए ।
बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुनेछ । अगाडि बैठकमा सो खाका पेश गरिने तयारी पार्टीले गरेको छ । सत्ता समिरकणको विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।
नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ ।